uniquesacos@gmail.com 01-4950919
Introduction

Introduction


युनिक बचत तथा ऋण सहकारी संस्था लि. सहकारी ऐन अन्तर्गत २०६५ सालमा स्थापिना भएको दर्ता नं. १६४१/०६४/०६५ रहेको एक सहकारी संस्था हो । ‘आफ्नो पुँजी, आफ्नै समृद्धि’ भन्ने मूल नाराका साथ काठमाडौं जिल्लाको सामाखुसीमा कार्यालय स्थापना गरी संस्थाले आफ्ना शेयर सदस्यहरुका बीच पुँजी परिचालन र व्यवस्थापन गर्दै आइरहेको छ । विभिन्न व्यावसायिक क्षेत्रका व्यक्तित्वहरुको सक्रियता र संलग्नतामा संस्थाले आफ्नो वित्तीय भूमिकालाई पारदर्शी र चुस्त रुपमा अघि बढाउँदै आएको छ । शेयर सदस्य, बचतकर्ता एवं समस्त ग्राहक वर्गलाई अधिकतम लाभ र सुविधा प्रदान गर्दै पुँजीको सुरक्षा र सदुपयोग गर्नुलाई नै संस्थाले आफ्नो अभीष्ट मान्दै आएको छ । 

हाल यस सहकारी संस्थाको अधिकृत शेयर पुँजी ५ करोड रहेको छ र सो शेयरलाई संस्थाले क्रमिक रुपमा पूर्ति गर्दै लैजाने लक्ष्य राखेको छ । हाल संस्थामा १५० भन्दा बढी आधारभूत शेयर सदस्य रहेका छन् भने ९०० जना शेयर सदस्य रहेका छन् । 

यस सहकारी संस्थाले आफ्नो व्यवस्थापन पक्षलाई दिगो, विश्वसनीय र प्रभावकारी बनाउन यथासम्भव प्रयास गर्दै आएको छ । वर्तमान प्रविधिमैत्री विश्वलाई आत्मसात् गरी संस्थाले सिंगो व्यवस्थापन पक्ष र कर्मचारीहरुलाई समयानुकूल प्रविधि प्रयोगको तालिम प्रदान गर्दै आएको छ भने समग्र ग्राहक वर्गलाई उच्च सुविधायुक्त सेवा प्रदान गर्नमा व्यवस्थापन पक्ष सक्रिय रहँदै आएको छ ।

संस्थाले आफ्नो सेवालाई चुस्तदुरुस्त र प्रभावकारी बनाउँदै सीमित स्रोतबाट धरै कार्यसम्पादन गर्नका लागि आधुनिक प्रविधिलाई सारथीका रुपमा अघि सार्दै आएको छ । दैनिक कारोबारलाई कम्युटरका माध्यमबाट व्यवस्थित गर्दै आइएको छ भने सेवालाई सहज र विश्वसनीय बनाउन एसएमएस बैङ्किङ, मोबाइल बैङ्किङ, ट्याबलेट बैङ्किङ, सुरक्षित चेकबुक सुविधालगायत बैङ्किङ सफ्टवेयर जडान गरी सेवा प्रदान गर्दै आइएको छ । आगामी दिनमा ग्राहक वर्गको माग र समयको आवश्यकताबमोजिम थप सेवा विस्तार गर्दै लगिनेछ ।